गठबन्धनले तीन दिनभित्र तालमेलको रिपोर्ट बुझाउन तलकालाई अह्रायो

गठबन्धनले तीन दिनभित्र तालमेलको रिपोर्ट बुझाउन तलकालाई अह्रायो

पाँच दलीय सत्ता गठबन्धनले आगामी शनिबारसम्म जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ । रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिले सबै जिल्लास्तरीय समितिलाई यस्तो निर्देशन दिएको हो ।

समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चैत २६ गतेभित्र देशैभरबाट रिपोर्टिङ बुझाइसक्न निर्देशन दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यसपछि अर्को बैठक बस्ने उनले बताए ।

‘आजको बैठकमा गठबन्धनको मोडालिटीलगायतका विषयमा केही कुराकानी भएको हो । जिल्ला समितिलाई २६ गतेभित्र विस्तृत रिपोर्ट पठाइसक्न भनेका छौं,’ उनले भने ।

टिप्पणीहरू