आँधीखोलामा माओवादीका उम्मेदवार पक्का

आँधीखोलामा माओवादीका उम्मेदवार पक्का

नेकपा माओवादी केन्द्रले स्याङ्जाको आँधीखोला गाउँपालिका उम्मेदवारको टुंगो लगाएको छ । पालिका कमिटीको आज बसेको बैठकले अध्यक्षमा हरिप्रसाद ढकालको नाम सर्वसम्मत टुंगो लगाएको हो ।

ढकाल माओवादी केन्द्रको खानेपानी तथा सरसफाइ विभागका केन्द्रीय सदस्य हुन् । आँधीखोला गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।

टिप्पणीहरू