वैद्यका कार्यकर्ता समाजवादीमा समाहित

वैद्यका कार्यकर्ता समाजवादीमा समाहित

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । सो पार्टीबाट छुट्टिएर सेवन्तराज भण्डारीको नेतृत्वमा गठित मोर्चा आज एकीकृत समाजवादीमा मिसिएको हो ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दर्जनौँलाई पार्टीमा स्वागत गरेका छन् ।

समाजवादीमा प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले वैद्यले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरि बहिष्कारको नीति लिएर यथास्थितिको गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरेको बताए ।

एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा योगदान गर्न आफूहरुले उक्त पार्टी रोजेको पनि उनले उल्लेख गरे ।

सो क्रममा उनले मोर्चामार्फत देशभरका दुई सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिए ।

टिप्पणीहरू