नेकपा एकीकृत समाजवादी रोजेकाहरु कोटेश्वर पुगे

नेकपा एकीकृत समाजवादी रोजेकाहरु कोटेश्वर पुगे

कोटेश्वरको गौरीशंकर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दुई दर्जन बढीले नेकपा एकीकृत समाजवादी रोजेका छन् । पार्टीको दोलखा–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भएको बृहत कार्यकर्ता भेलामा विभिन्न पार्टी छाडेकाहरु नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । कार्यक्रममा पोलिट्ब्युरो सदस्य शिवप्रसाद भण्डारीलगायतको उपस्थिति थियो । हिजो आयोजित उक्त कार्यक्रममा नेकपा एमालेका श्रीराज पोखरेललगायत विभिन्न पार्टीका २५ जनाले एकीकृत समाजवादी रोजेका हुन् ।

टिप्पणीहरू