माधव नेपालको पार्टीलाई ३ दिनभित्र उपस्थित हुन आदेश

माधव नेपालको पार्टीलाई ३ दिनभित्र उपस्थित हुन आदेश

नेकपा एकीकृत समाजवादीलाई तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित हुन आदेश भएको छ ।

पार्टीले अस्ति राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको आमसभा आयोगले शुक्रबार मध्यरातदेखि लागू गरेको आचारसंहिता विपरित हुन आएको देखिएकाले कारणसहित उपस्थित हुन बोलाइएको त्यहाँका प्रवक्ताले बताएका छन् ।

आयोगले उक्त आमसभा आचारसंहिता विपरित भएको गुनासो सुनिएको, आमसञ्चार र सामाजिक सञ्जालबाट थाहा भएकाले एकीकृत समाजवादीलाई सो सम्बन्धमा के कसो भएको हो भन्नेबारे आधार र प्रमाणसहित उपस्थित हुन आदेश दिएको बताइएको छ ।

टिप्पणीहरू