प्यूठानमा पनि पाँच दलको गठबन्धन

प्यूठानमा पनि पाँच दलको गठबन्धन

पाँच दलीय गठबन्धनमा आवद्ध जिल्लामा क्रियाशील राजनीतिक दलहरुले स्थानीय तहसम्म गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । केन्द्रले जारी गरेको संयुक्त अपिलप्रति प्रतिबद्ध रहेको उनीहरुले जनाएका छन् ।

प्रेस विज्ञप्तिमार्फत् पाँच दलले जिल्लामा गठबन्धन दलहरुबीच आपसी एकता, सहमति र सहकार्यका साथ अघि बढ्न प्रतिबद्ध रहेको घोषणा गरेका हुन् ।

गठबन्धनले आपसी मतमतान्तर र सानातिना तिक्ततालाई थाति राख्दै स्थानीय स्तरसम्म गठबन्धन दलहरुबीच आपसी सम्बन्ध बढाउन, एक आपसमा तिक्ततापूर्ण व्यवहार नगर्न र प्रतिगमनविरुद्ध साझा सहमतिका साथ अघि बढ्न कार्यकर्तालाई अपिल समेत गरेको छ ।प्यूठानमा गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आवद्ध छन् ।

टिप्पणीहरू