वीपीपुत्रलाई निर्वाचन आयोगको ताकेता

वीपीपुत्रलाई निर्वाचन आयोगको ताकेता

निर्वाचन आयोगले नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका पुत्र तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई स्पष्टिकरण दिन एक हप्ते पुर्जी काटेको छ । आयोगले निर्वाचन खर्च विवरणबारे प्रष्ट पार्न कोइरालालाई लिखित आग्रह गरेको हो ।

गत निर्वाचनमा नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. कोइरालाले पेश गरेका खर्च विवरण र अहिले भाषणमा भन्दै हिँडेको रकमको अन्तर आनका तान देखिएपछि आयोगले पत्र काटेको हो । आयोगमा उनले निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ मात्र खर्च भएको विवरण बुझाएका छन् । तर सार्वजनिक कार्यक्रममा भने गत चुनावमा छ करोड रुपैयाँ खर्च गरेको अभिव्यक्ति दिएकाले त्यसबारे स्पष्ट पार्न पत्र लेखिएको आयोगले जानकारी गराएको छ ।

टिप्पणीहरू