पुस्तक नयाँ, दाम पुरानो

पुस्तक नयाँ, दाम पुरानो

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका पाठ्यपुस्तकको मूल्य पुरानै कायम गर्न निर्देशन दिएको छ । केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अघिल्लो वर्ष स्वीकृत गरेको मूल्य नै यथावत रहेकाले सोहीअनुरुप गर्न गराउन निर्देशन दिएको हो ।

केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पुस्तकको मूल्य विवरणअनुसार गर्न गराउन भनेको छ ।

कुन पुस्तक कति पर्छ ?

केन्द्रले कक्षा–१ को मातृभाषा–स्थानीय विषयबाहेकको जम्मा मूल्य पाँच सय १८ रुपैयाँ चार पैसा, कक्षा–२ को मातृभाषा–स्थानीय विषयबाहेकको मूल्य पाँच सय ५६ रुपैयाँ आठ पैसा, कक्षा–३ को मातृभाषा–स्थानीय विषयबाहेकको मूल्य पाँच सय ८० रुपैयाँ आठ पैसा, कक्षा–४ को मातृभाषा/स्थानीय विषयबाहेकको मूल्य छ सय दुई रुपैयाँ आठ पैसा, कक्षा–५ को मातृभाषा/स्थानीय विषयबाहेकको जम्मा मूल्य चार सय आठ रुपैयाँ एक पैसा कायम गरेको छ ।

त्यसैगरी, कक्षा–६ को मातृभाषा/स्थानीय विषयबाहेकको जम्मा मूल्य सात सय १२ रुपैयाँ आठ पैसा, कक्षा–७ को मातृभाषा/स्थानीय विषयबाहेकको मूल्य सात सय ५२ रुपैयाँ चार पैसा, कक्षा–८ को मातृभाषा/स्थानीय विषयबाहेकको मूल्य सात सय ६१ रुपैयाँ तीन पैसा निर्धारण गरिएको छ ।

कक्षा–९ को अनिवार्य पाँच विषयको मूल्य सात सय ७४ रुपैयाँ चार पैसा, कक्षा–१० को अनिवार्य विषय सबैको चार सय ९६ रुपैयाँ पाँच पैसा, कक्षा–११ को अनिवार्य तीन विषयको जम्मा दुई सय ७० रुपैयाँ छ पैसा र कक्षा–१२ को अनिवार्य तीन विषयको तीन सय २३ रुपैयाँ नौ पैसा तोकिएको छ ।

टिप्पणीहरू