उपेन्द्रका अध्यक्ष पेरिसडाँडा पुगे

उपेन्द्रका अध्यक्ष पेरिसडाँडा पुगे

जनता समाजवादी पार्टी (जसपा) को सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा चौधरीसहित नेपाली काँग्रेस र एमाले परित्याग गरेर आउने दर्जनौंलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

नवप्रवेशीहरुलाई पार्टीमा भित्र्याउँदै प्रचण्डले चुनावको पूर्वसन्ध्यामा चौधरीको प्रवेशले सुदूरपश्चिममा माओवादी केन्द्र थप बलियो भएको बताउनुभयो ।

चौधरी संविधानसभा सदस्य पनि हुन् । सुदूरपश्चिममा उनको राम्रो प्रभाव रहेको मानिन्छ । पछिल्लो समय उनी काँग्रेसलाई प्रदेश सरकारमा सहभागी गराइएको भन्दै जसपा नेतृत्वसँग असन्तुष्ट थिए । त्यसलाई लिएर चौधरीले गठबन्धन छाड्ने चेतावनी पनि दिएका थिए ।

टिप्पणीहरू