एमालेको सिफारिसमा बाबुराम भट्टराई

एमालेको सिफारिसमा बाबुराम भट्टराई

बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदमा नेकपा एमालेले बाबुराम भट्टराईलाई सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले भट्टराईसहित आठ जनाको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गरेको हो । जसमा तीन जना केन्द्रीय सदस्य हुन् ।

सिफारिस गरिएका अन्यमा अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई छन् ।

भट्टराई औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुन् । राना रुपन्देहीका युवा नेता हुन् । अर्याल एमाले केन्द्रीय सदस्य हुन भने केसी एमाले रुपन्देहीका अध्यक्ष हुन् ।

यस्तै रेग्मी उपमहानगरपालिकाको प्रवक्ता तथा १५ नम्बर वडाका वडाध्यक्ष हुन् । भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष हुन् ।

टिप्पणीहरू