एमाले र परिवार दलबीच तालमेल, दुबैको चुनाव चिन्ह सूर्य

एमाले र परिवार दलबीच तालमेल, दुबैको चुनाव चिन्ह सूर्य

नेकपा एमाले र नेपाल परिवार दलबीच पनि चुनावी तालमेल भएको छ । आज एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच चुनावी तालमेल पत्रमा हस्ताक्षर भएको होे ।

एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गरेर चुनावी तालमेलबारे उपयुक्त निर्णय गर्ने बताइएको छ । साथै, परिवार दलले आगामी स्थानीय तहको निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लड्ने सहमति समेत गरिएको छ ।

परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा एमालेका उम्मेदवारलाई सहयोग गर्ने छ । एमालेले पनि परिवार दलका उम्मेदवारलाई साथ दिने लिखित वचन दिएको छ ।आजै कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि तालमेल गर्ने भन्दै आफ्नो पार्टीका उम्मेदवारले समेत एमालेको सूर्य चिन्ह लिने सहमति गरेको छ ।

टिप्पणीहरू