ललितपुरमा चिरिबाबूसहित कांग्रेसले सात जनालाई अघि सार्यो

ललितपुरमा चिरिबाबूसहित कांग्रेसले सात जनालाई अघि सार्यो

नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरकाे उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेस ललितपुर महानगर कार्यसमितिले अहिलेका मेयर र उपमेयरसहित सात जनाको नाम सिफारिस गरेको हो ।

कार्यसमितिले मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, महानगरका सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जनको नाम सिफारिस गरेको छ । यस्तै, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम पनि सिफारिसमा परेको काँग्रेस ललितपुरले जनाएको छ ।

काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट महानगर प्रमुख महर्जनले पनि फेरी एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन् । यस्तै, काँग्रेसबाटै अघिल्लो चुनावमा निर्वाचित उपमेयर गीता सत्याल पनि दोहोरिने पक्षमा छिन् ।

महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

टिप्पणीहरू