केपी ओली फेरी मधेस झर्दै

केपी ओली फेरी मधेस झर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेस प्रदेशको सर्लाही जान लाग्नुभएको छ । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले भोलि आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली त्यता जाने हुनुभएको हो ।

आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ । सोही कार्यक्रममार्फत ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने तयारी गरिएको एमाले सर्लाहीले जनाएको छ ।

पछिल्लो समय एमाले विशेष गरि मधेस केन्द्रित चुनावी अभियानमा छ । गत ७४ सालको स्थानीय चुनावमा ओली तराइ-मधेसमा जानसमेत नसक्ने अवस्था थियो । त्यसैले एमालेले यसपटक मधेसमा सम्पूर्ण शक्ति केन्द्रीत गरेको छ ।

टिप्पणीहरू