माओवादी समाजवादी र जन–समाजवादीले पनि तालमेल गर्ने

माओवादी समाजवादी र जन–समाजवादीले पनि तालमेल गर्ने

प्रमुख राजनीतिक दलहरु गठबन्धनका साथ चुनावमा जाने तयारीमा रहेका बेला संसद बाहिर रहेका साना पार्टीहरु पनि तालमेल गर्न कस्सिएका छन् ।

अस्तित्व रक्षाका लागि पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपाल र नेपाल परिवार दलले नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा उम्मेदवारी दिने निर्णय गरेको दुई दिनपछि दुई साना वामपन्थी दलले आपसमा तालमेल गर्ने निर्णय गरेका छन् ।

माओवादी समाजवादी र जन–समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । उनीहरुले आज दिउँसो पत्रकार सम्मेलन गरेर चुनावी तालमेलको घोषणा गर्न लागेका छन् ।

टिप्पणीहरू