नयाँ वर्षको दिन खुमलटार गएका को को थिए ?

नयाँ वर्षको दिन खुमलटार गएका को को थिए ?

हिजो नयाँ वर्ष २०७९ को पहिलो दिन पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भन्दै केही वामपन्थी नेताहरु खुमलटार पुगेका छन् ।

खुमलटारस्थित दाहाल निवासमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला गएका हुन् । उनीहरुले बिहान पौने १२ बजेदेखि झण्डै ४५ मिनेट भेटवार्ता गरेका हुन् ।

भेटवार्ताको पुष्टि गरेपनि अध्यक्ष दाहालको सचिवालयले विस्तृत जानकारी दिएको छैन । उहाँहरु दाहालकी बिरामी पत्नी सीतालाई भेट्न र बोलाउन गएको भनिएको छ ।

टिप्पणीहरू