गठबन्धनविरुद्ध जानेलाई काँग्रेसले कारबाही गर्ने

गठबन्धनविरुद्ध जानेलाई काँग्रेसले कारबाही गर्ने

नेपाली काँग्रेसले सत्ता गठबन्धन विरुद्ध नजान मातहतका कमिटीलाई निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले गठबन्धनबारे पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नू सबैको दायित्व हुने भन्दै यस्तो निर्देशन दिएको हो ।बैठकका निर्णयबारे जानकारी दिँदै केन्द्रीय सदस्य नैनसिंह महरले केन्द्रीय समितिले गठबन्धनका सन्दर्भमा गरेको निर्णय पालना गर्नु सबैको नैतिक दायित्व हुने बताए । निर्णय उल्लघंन गर्नु पार्टीको अनुशासन जोडिने विषय भएको पनि उनले स्मरण गराए । ’पार्टीको निर्णय सबैले मान्नुपर्छ भन्ने छलफल बैठकमा भएको छ’, महरले भने ।

बैठकले प्रदेश र जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने, पालिकासम्मको प्रतिनिधि प्रदेश समितिले पठाउने र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले आ–आफ्नै परिचालन समिति बनाउने निर्णयसमेत गरेको छ ।

टिप्पणीहरू