क्रान्तिकारीका केन्द्रीय सदस्यहरु निकालिए

क्रान्तिकारीका केन्द्रीय सदस्यहरु निकालिए

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले दुई जना केन्द्रीय सदस्यलाई निश्कासन गरेको छ । संगठनको अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई यूनियनबाट निकालिएको हो ।

केन्द्रीय सदस्यहरु दीपक पोखरेल र हिक्मत ‘हिमाल’ शाहीले अनुशासन उल्लंघन गरेकाले निकालिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिएका छन् ।

उनीहरु दुवै जना संगठन विरोधी क्रियाकलापमा संलग्न भएकाले साधारण सदस्यसमेत नरहने गरि निश्कासन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू