२ दिने बिदाको च्याप्टर क्लोज्ड

२ दिने बिदाको च्याप्टर क्लोज्ड

सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । आज अर्थ मन्त्रालयले जारी गरेको सूचनामा उक्त निर्णय उल्लेख गरिएको हो ।

मुलुकको बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा परेको चापका कारण थप इन्धन कटौती गर्ने निर्णय मन्त्रालयले गरेको हो । मन्त्रालयले गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको जानकारी गराएको छ ।सरकारले चालु आर्थिक वर्षका लागि इन्धन खर्च शीर्षकमा छुट्याइएको बजेट कटौती गर्ने निर्णय गरेको हो । यो निर्णय सबै सरकारी तथा सार्वजनिक संस्थानमा लागु हुने छ ।

सातामा दुई दिन बिदा दिँदा सरकारी कार्यालय बन्द गर्नुपर्ने र राजश्व उठ्तीमा सोझै असर पर्ने र जनताले सास्ती भोग्नुपर्ने भएपछि सरकार हच्केको बताइन्छ । अर्कोतर्फ कोटा प्रणालीमा प्रदान गरिने इन्धन सुविधानमा दुई दिन बिदाको खासै प्रभावकारिता पनि देखिँदैन ।

टिप्पणीहरू