अझै १ करोड मतपत्र छाप्न बाँकी
निर्वाचन आयोगले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ कार्य सकिएको बताएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सकिएको जानकारी दिएका छन् । जस अनुसार एक करोड ९४ लाख थान मतपत्रमध्ये ९५ लाख २५ हजार मतपत्र छाप्ने कार्य सकिएको हो ।
टिप्पणीहरू