गोपाल किराँतीका मान्छेले प्रचण्ड रोजे

गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) पुनर्गठन अभियाका नेता आनन्दराम फुयाल नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

समाजवादी क्रान्तिको कार्यभार माओवादी केन्द्रमा आबद्ध भए मात्र पूरा हुने निश्कर्ष सुनाउँदै उनी प्रचण्डतिर लागेका हुन् । माओवादी केन्द्रलाई जनताबीचमा लोकप्रिय दल बनाउने उनको प्रतिबद्धता छ ।

नेता फुयाल नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता हुँदा असन्तुष्ट देखिएका थिए । त्यसपछि किराँती नेतृत्वमा रहेर माओवादी केन्द्र पुनर्गठन अभियान सञ्चालन गरेका थिए ।

टिप्पणीहरू