माओवादीको आधार किल्लामा ‘पुरुषै पुरुष, महिला शून्य’

माओवादीको आधार किल्लामा ‘पुरुषै पुरुष, महिला शून्य’

माओवादीको आधार किल्लाको रुपमा परिचित रुकुम पश्चिम जिल्लाका एउटा पनि स्थानीय तहले प्रमुखको उम्मेदवारीमा महिला पाएका छैनन् । बाध्यकारी संवैधानिक प्रावधानअनुरुप जिल्लाका स्थानीय तहमा महिलालाई उपाध्यक्षको उम्मेदवारमा मात्र सीमित गराइएको छ ।

हिजो पुरुषसँगै जनयुद्धमा होमिएका महिला नेतृहरुलाई यसपटक पनि उपेक्षा गरिएकोमा असन्तोष बढेको पाइएको छ । यद्यपि केही दिनअघि मात्र नेकपा (माओवादी केन्द्र) ले हरेक जिल्लामा कम्तिमा एउटा महिला प्रमुख र हरेक स्थानीय तहमा एउटा वडा प्रमुख बनाउने निर्णय गरेको थियो ।

रुकुममा २०७४ को स्थानीय तहको निर्वाचनमा पनि कुनै पनि तहमा महिलाले प्रमुख पद जित्न सकेका थिएनन् । त्यतिखेर सबै छ वटा स्थानीय तहमा माओवादी केन्द्रले नै जीत हासिल गरेको थियो । उम्मेदवारी छनौटमा भने माओवादीमा नातावाद,कृपावाद त्यतिबेला नै मौलाएको बताइन्छ ।

रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो । उनले त्यहाँ लगाउँदै आएको नारा ‘महिला पहिला’ नारामै सीमित भएको छ, व्यवहारमा परिणत भएको छैन भनिन्छ ।

टिप्पणीहरू