क्याम्पसहरुमा लागेका ताल्चा खुलाइयो

क्याम्पसहरुमा लागेका ताल्चा खुलाइयो

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा प्रमुख, सहायक क्याम्पस प्रमुख, लेखा शाखा तथा प्रशासन शाखामा लागेका ताल्चा खुलेको छ । आंशिक प्राध्यापक र शिक्षक संघर्ष समितिबीच हिजो भएको सहमतिबाट ताल्चा खुलाइएको हो ।

आंशिक प्राध्यापकहरुमाथि अन्याय, विभेद, वौद्धिक श्रम शोषण भएको भन्दै गत फागुन १८ गते लगाइएको ताल्चा हिजो खोलिएको हो । आंशिक शिक्षकहरुको माग भने पूरा भएको छैन ।

उनीहरुले क्याम्पसको कामकाजले गर्दा ताल्चा खुलाइएको बताएका छन् । सोहीअनुसार रत्न राज्यलक्ष्मी, विश्वभाषा, शंकरदेव तथा त्रिचन्द्र क्याम्पसमा लगाइएको ताल्चा खोलेर काम शुरु गरिएको छ ।

टिप्पणीहरू