निर्वाचनमा उठ्नेले १५ सय धरौटी राख्नुपर्ने

निर्वाचनमा उठ्नेले १५ सय धरौटी राख्नुपर्ने

निर्वाचन आयोगले आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारले राख्नुपर्ने धरौटी रकमबारे प्रष्ट पारेको छ । निर्वाचनमा उठ्ने उम्मेदवारले एक हजारदेखि एक हजार पाँच सयसम्म धरौटी रकम बुझाउनु पर्ने छ ।

त्यसमा वडा सदस्यलाई पाँच सय, वडा अध्यक्षलाई एक हजार र अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखलाई एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

महिला, दलित र अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा भने धरौटीमा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

टिप्पणीहरू