नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले उम्मेदवारीसँगै सम्पत्ति विवरण देखाउने

नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले उम्मेदवारीसँगै सम्पत्ति विवरण देखाउने

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेले सोही दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् ।

पार्टीले आज सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख छ । भ्रष्टाचारमुक्त स्थानीय सरकार बनाउन उक्त प्रावधान राखिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन्,’ नेकपा घोषणापत्रमा उल्लेख छ । यस्तै जनप्रतिनिधिले आफ्नो कुनै पनि रूपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालित नगर्ने प्रतिबद्धता समेत घोषणापत्रमा गरिएको छ ।

आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा समेत जनप्रतिनिधिलाई सामेल नगराउने प्रतिबद्धता पनि नेकपा एकीकृत समाजवादीले गरेको छ ।

टिप्पणीहरू