जनप्रतिनिधिसहितको एमाले टोली माओवादीमा मिसियो

जनप्रतिनिधिसहितको एमाले टोली माओवादीमा मिसियो

म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष हेमबहादुर पुनसहित एमाले पालिका कमिटीका उप–सचिव भुपेन्द्र नेपालीलगायतका स्थानीय नेता-कार्यकर्ता माओवादीमा लागेका हुन् ।

दरबाङमा आयोजित कार्यक्रममा केही महिनायता नै पार्टीको राजनीतिमा सक्रिय भएका वडाध्यक्ष पुनलाई औपचारिक रुपमा माओवादीमा स्वागत गरिएको थियो । नेपाली वडा नम्बर २ रुम खबाङका युवा नेता हुन् ।

पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिव धनकुमार पाईजा लगायतले स्वागत गरेका थिए ।

मालिका गाउँपालिकाको विकास र परिवर्तनका लागि माओवादी र युवा नेता जुग्जालीको नेतृत्व आबश्यक देखेर माओवादीमा आबद्ध भएको वडाध्यक्ष पुनले बताए । माओवादी प्रवेश गर्दै नेपालीले दलित समुदायको हक, हित र अधिकारको लागि संघर्ष गरेको पार्टीमा आबद्ध हुँदा आफूलाई गौरवको महसुस भएको बताएका थिए ।

टिप्पणीहरू