एमालेमा कुटाकुट, वडाध्यक्षसहित छ जना घाइते

एमालेमा कुटाकुट, वडाध्यक्षसहित छ जना घाइते

बारामा नेकपा एमालेका कार्यकर्ता आपसमा कुटाकुटमा उत्रँदा जीतपुर सिमरा उपमहानगरपालिका-२३ का वडा अध्यक्षसहित छ जना घाइते भएका छन् । दुई पक्षबीच भएको झडपमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष असलम देवान घाइते भएका हुन् ।

रोड ढलानको विषयलाई लिएर शुरु भएको विवाद कुटाकुटमा परिणत हुँदा वडाध्यक्ष देवानसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाका अनुसार झडपमा वडाध्यक्ष देवान, नासिर देवान, नाजिर देवान घाइते भएका छन् । टाउको र शरिरमा चोट लागेर घाइते भएका उनीहरु तीनै जनाको वीरगंजस्थित बयोधा अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै, झडपमा मुस्तकिम अन्सारी पक्षका पनि तीन जना घाइते भएका छन् । चाद महमद, अनु आरुल महमद, मुस्ताज अन्सारी रहेका छन् । उनीहरुको हेल्थ केयर अस्पताल वीरगंजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई पक्राउ गरेको छ ।

गत स्थानीय निर्वाचनमा देवान माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । एमालेबाट टिकट नपाएर माओवादीबाट चुनाव लडेरका उनी फेरी एमालेमै फर्किसकेका छन् । एमालेबाट उठेका अन्सारी निकटम प्रतिद्धन्दी थिए ।

टिप्पणीहरू