सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय

सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय

आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । सोही क्रममा लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको जानकारी दिनुभएको छ ।

लमजुङ जिल्लाका सबै आठ वटै स्थानीय तहमा पनि आजै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । लमजुङमा चार गाउँपालिका र चार नगरपालिका छन् ।

टिप्पणीहरू