माओवादीबाट ललितपुरमा बाबुराजा

माओवादीबाट ललितपुरमा बाबुराजा

सत्तारुढ दलहरुको गठबन्धन भागबण्डामा ललितपुर महानगरको उपमेयर पाएको नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीको ललितपुर महानगर कमिटीको आज बसेको बैठकले बाबुराजा बज्राचार्यलाई उपमेयरमा सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

गठबन्धनमा ललितपुर महानगरको मेयर नेपाली काँग्रेसले पाएको छ । त्यसकारण माओवादीले उपमेयरको मात्र नाम सिफारिस गरेको हो ।

टिप्पणीहरू