दैलेखको नौमुलेमा काँग्रेसविरुद्ध अरु एक

दैलेखको नौमुलेमा काँग्रेसविरुद्ध अरु एक

स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलको तालमेल हुने भनिएपनि दैलेखको नौमुलेमा माओवादी केन्द्र र एकीकृत समाजवादीले नेपाली काँग्रेसविरुद्ध सहकार्य गर्ने भएका छन् ।

काँग्रेससहितको तालमेलको सम्भावना अन्त्य भएपछि दुई दल मिलेर जाने निर्णयमा पुगेका हुन् । गठबन्धन दलको केन्द्र र प्रदेश संयन्त्रमा भागबण्डा मिल्ने क्रममा नौमुले गाउँपालिकामा काँग्रेसले हैकमवाद कायम हुने गरी नीति निर्देशन दिएकाले चुनावमा मिल्न नसक्ने यी दुई दलको निष्कर्ष छ ।

दुवै पार्टीका गाउँ कमिटी अध्यक्षहरुले संयुक्त विज्ञप्ति निकाल्दै पालिकामा स्वस्थरुपमा मित्रवत ढङ्गले काँग्रेससँग प्रतिष्पर्धा गर्ने बताएका छन् । ’नेपाली कांग्रेस नौमुलेसंग स्वस्थरुपमा मित्रवत ढङ्गले प्रतिष्पर्धा गर्ने गरी दुई दलीय गठबन्धनको तर्फबाट छुट्टै उम्मेदवार दर्ता गर्ने तयारी भएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

२०७४ सालको निर्वाचनमा काँग्रेसबाट नौमुले गाउँपालिका अध्यक्षमा भदे बुढा मगरले जितेका थिए । अघिल्लो निर्वाचनको आधारमा यस पालिकामा काँग्रेसको जनमत बलियो देखिन्छ । त्यसैलाई देखाएर काँग्रेस चुनावी तालमेल नगर्ने पक्षमा पुगेको गठबन्धनका अन्य दलको बुझाइ छ ।

टिप्पणीहरू