स्वतन्त्र उम्मेदवारहरुको र्‍याली निस्कियो

काठ्माडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवारहरुले बाजागाजासहित र्‍याली निकालेका छन् । महानगर १३ कालिमाटीस्थित रहेको एफ टेन पार्टी प्यालेसमा जमघट भई स्वतन्त्र उम्मेदवारहरुले र्याली निकालेका हुन् ।

महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका सडकबिस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायामी, उपमेयरमा स्वतन्त्र उम्मेदवार तथा व्यापी सडक बिस्तार संघर्ष समितिको कोषाध्यक्ष विद्या श्रेष्ठ पैदल हिडेर स्थानीय चुनावका निम्ति निर्वाचन कार्यालय, सभागृह जान लागेको हुन् ।

त्यसैगरी, वडा नं १३ का वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पुर्ण महर्जन, वडा नं १६ का वडा अध्यक्ष मा स्वतन्त्रबाट उम्मेदवार श्याम मानन्धरसहित झण्डै एकसय जना पनि पैदल यात्रामा सहभागी भएको जनाइएको छ । उनीहरुले कालिमाटीबाट र्याली स्वरुप वसन्तपुरसम्म पैदल हिड्ने र त्यहाँबाट गाडीमा जाने जानकारी दिएका छन् ।

टिप्पणीहरू