कांग्रेसको घोषणापत्रमा कोखदेखि शोकको रेकर्ड राख्ने प्रतिबध्दता
नेपाली कांग्रेसले आज चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिका वडा नं २,सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाको उपस्थितिमा निर्वाचन घोषणापत्र सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा पूर्णबहादुर खड्का, धनराज गुरुङ,विश्वप्रकाश शर्मा, गगन थापा,जीवन परियार,भिष्मराज आङ्देम्बे,बद्री पाण्डे,डा. प्रकाशशरण महतको सहभागिता रहेको थियो ।
त्यसैगरी, डा.शशांक कोइराला, डा. शेखर कोइराला, रामचन्द्र पौडेल, अर्जुननरसिंह के.सी,बिमलेन्द्र निधि, प्रकाशमान सिंह,विजयकुमार गच्छ्दार,एनपी साउदलगायत चार दर्जनले कार्यक्रममा उपस्थिति जनाएका थिए ।
घोषणापत्रमा समतामूलक समाजको निर्माणमा सबैको पहुँच, सबल स्वास्थ्य, पोषण, शिक्षा र सामाजिक सुरक्षालगायतका विषयहरु उठान गरिएको छ ।
’डिजिटलाइजेसन’ मार्फत नेपालका सबै नागरिकको कोखदेखि शोकसम्मका रेकर्डका आधारमा जुनसुकै सेवा प्रदायकबाट स्वास्थ्य परामर्श लिन सकिने प्रणालीको विकास गर्ने पद्धतिलाई जोड दिने शीर्षकसहित नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो ।
टिप्पणीहरू