केशव स्थापितद्वारा माननीयबाट राजीनामा

केशव स्थापितद्वारा माननीयबाट राजीनामा

बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

आगामी स्थानीय तह निर्वाचनको निम्ति उहाँ एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुने भएपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको हो ।

स्थापितले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिनुभएको हो । जनप्रतिनिधिले पुनः उम्मेदवार हुन चाहेमा बहालरत पदबाट राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले राजीनामा दिनुभएको बताइएको छ ।

टिप्पणीहरू