समाजवादीलाई मेयर दिएकोमा तल आगो
समाजवादीलाई मेयर दिएकोमा तल आगो धुलिखेल नगरपालिकामा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई नगर प्रमुख दिने भएपछि स्थानीय कांग्रेस नेतृत्वले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
नगर सभापति विदुर बस्नेतलगायत नगर र १२ वटै वडा कार्यसमितिको संयुक्त बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।
यसअघि गठबन्धनका दलहरुले काभ्रेका सबै स्थानीय तहको भागबण्डा टुंग्याएका थिए । गठबन्धन दलहरुको प्रदेश स्तरीय संयन्त्रमा भएको सहमतिअनुसार जिल्लाका १३ स्थानीय तहमध्ये कांग्रेसले ७ पालिकामा प्रमुख तथा अध्यक्ष लिएर माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादीलाई २ पालिका दिने भनिएको थियो ।
टिप्पणीहरू