कञ्चनपुरका सबै पालिकामा काँग्रेसले उम्मेदवारी दिने

कञ्चनपुरका सबै पालिकामा काँग्रेसले उम्मेदवारी दिने

नेपाली काँग्रेसले कञ्चनपुर जिल्लाका सबै पालिकामा आफ्नो उम्मेदवारी तय गरेको छ । काँग्रेसले जिल्लाका नौ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी तय गरेको हो ।

जिल्लामा सात नगरपालिका र दुई गाउँपालिका छन् । जसमा काँग्रेसले लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्षमा राधा रानालाई उम्मेदवार बनाएको छ । अर्को बेलडाँडी गाउँपालिका अध्यक्षमा हरिश्चन्द्र रानालाई उठाएको छ ।

भीमदत्त नगरपालिकामा काँग्रेसले पदम बोगटीलाई मेयर र निलम लेखकलाई उपमेयरको उम्मेदवारी बनाएको छ । दोधाराचाँदनीको प्रमुखमा गोपालदत्त भट्ट र उपप्रमुखमा गंगा जोशी, बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीलाई उठाएको छ ।

यस्तैगरी, शुक्लाफाँटाको मेयरमा चिन्तामणि भट्ट र उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा र उपमेयरमा द्रौपदी राना तथा पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया रानालाई उठाएको हो ।

बेलौरी नगरपालिकाको प्रमुखमा होशियार विष्ट र उपप्रमुखमा खिना भण्डारीलाई काँग्रेसले उम्मेदवार बनाएको छ ।

टिप्पणीहरू