शिवसेनाद्वारा पहेँलो पर्चामा निर्वाचन बहिष्कारको घोषणा

शिवसेनाद्वारा पहेँलो पर्चामा निर्वाचन बहिष्कारको घोषणा

शिवसेना नेपालले चुनाव बहिष्कारको घोषणा गरेको छ । आज उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने अन्तिम दिन उसले चुनाव बहिष्कारको निम्ति आह्वान गरेको हो । शिव सेनाले विज्ञप्तिमार्फत ‘स्थानीय चुनाव : नेता पाल्ने,जनता मार्ने’ उल्लेख गर्दै बहिष्कार उद्घोष गरेको हो ।

विज्ञप्तिमा भनिएको छ,‘विदेशीद्वारा निर्देशित चुनाव चाहिँदैन,देश बेच्न पाईंदैन,अखण्ड नेपाल सनातन हिन्दु धर्म,राजसंस्था बिनाको चुनाव चाहिँदैन,देश टुक्राउन पाईंदैन ।’

शिवसेनाले सडक आन्दोलनको निम्ति तयार भएर बस्न र राजसंस्था स्थापना गरेर नेपाललाई बचाउन र नेपाली बन्न आम जनतालाई आग्रह समेत गरेको छ ।

टिप्पणीहरू