एमालेले टिकट दिएपछि पत्रकार महासंघका सभापति मेयरको दौडमा

एमालेले टिकट दिएपछि पत्रकार महासंघका सभापति मेयरको दौडमा

नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन् । इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङलाई चुनावी रन्को लागेको हो ।

पत्रकार महासंघ इलाम शाखाका संस्थापकमध्येका एक चेम्जोङ उक्त शाखामा दुई कार्यकाल सभापति भएका थिए ।

उनले मेयरमा उठेपछि पत्रकार महासंघको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । हिजो मनोनयन दर्तापछि उनले महासंघको इलाम शाखामा राजीनामा बुझाएका हुन् ।

टिप्पणीहरू