‘एमाले–काँग्रेस’ गठबन्धनमा दलित महिला सदस्य निर्विरोध

‘एमाले–काँग्रेस’ गठबन्धनमा दलित महिला सदस्य निर्विरोध

रोल्पाको माडी गाउँपालिकामा ‘एमाले–काँग्रेस’ गठबन्धनबाट उम्मेदवार बनेकी एक दलित महिला सदस्य निर्विरोध भएकी छन् । दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी माडी वडा–१ की देउकला नेपाली निर्विरोध निर्वाचित भएको बुझिएको छ ।

आउँदो वैशाख ३० गतेलाई तय भएको स्थानीय तहको निर्वाचनको निम्ति सोमबार भएको मनोनयनमा उनको एकल उम्मेदवार परेको हो ।

विजयी दलित महिला सदस्यको निर्वाचन अधिकृतको कार्यालयबाट औपचारिक घोषणा हुन बाँकी छ । आगामी शुक्रबारसम्म दाबी विरोध नपरे उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

टिप्पणीहरू