चुमनुव्री गाउँपालिकामा ९ पदमा एक जनाको मात्र मनोनयन

गोरखाको चुमनुव्री गाउँपालिकामा नौ पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उक्त गाउँपालिकामा वडा अध्यक्षसहित नौ पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको वडा नम्बर ६ का वडा अध्यक्षमा सरोज लामा र सदस्यहरूमा सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको मात्र उम्मेदवारी परेको छ ।

सोही गाउँपालिकाको वडा नम्बर १ को सदस्य पदमा काँग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको मात्र मनोनयन परेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

टिप्पणीहरू