ठेकेदारहरु भोलिदेखि निषेधित क्षेत्रमा धर्ना बस्ने

ठेकेदारहरु भोलिदेखि निषेधित क्षेत्रमा धर्ना बस्ने

अप्रत्याशित मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले धर्ना दिँदै आएको छ । बैसाख ८ गतेदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलमा बिहान ११ बजेदेखि १२ बजेसम्म र बीमा समिति कुपण्डोलमा दिउँसो १ बजेदेखि दिँदै आएको धर्ना अब बालुवाटारमा गर्न लागिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोलिदेखि एक घण्टा धर्ना कार्यक्रम सुरु गरिने महासंघले बताएको छ । आन्दोलनका कार्यक्रमहरु शान्तिपूर्णरुपमा गरिएता पनि आफूहरुको माग सम्बोधन नभएकाले धर्नास्थल सारिएको उनीहरुको भनाइ छ ।

महासंघका अध्यक्ष रवि सिंहका अनुसार उनीहरूले बिहान ९ बजेदेखि १० बजेसम्म दैनिक एक घण्टा बालुवाटारमा धर्ना दिन लागेका हुन् ।

सिंहदरबारजस्तै बालुवाटार पनि निषेधित क्षेत्र हो । दक्षिणमा भाटभटेनी मन्दिर, उत्तरमा पवित्र वर्कशप चोक, पूर्व र पश्चिममा पाँच सय मिटरको दूरीसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

टिप्पणीहरू