काँग्रेसले भोटसँगै पैसा पनि माग्यो

काँग्रेसले भोटसँगै पैसा पनि माग्यो

नेपाली काँग्रेसले आगामी स्थानीय तह चुनावको निम्ति आर्थिक सहयोग गर्न अनुरोध गरेको छ । नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यालयले चुनावमा आर्थिक पारदर्शिता कायम राख्ने वचन दिँदै सहयोगको लागि अनुरोध गरेको हो ।

कोषाध्यक्ष दिलमान खड्काले जारी गरेको पत्रमा भनिएको छ, ‘निर्वाचनका क्रममा नेपाली काँग्रेस ललितपुर जिल्लालाई स्वेच्छिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले नेपाली काँग्रेस जिल्लाा कार्यालयको बैंक खातामा रकम जम्मा गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’काँग्रेसले बैंकको नाम,खाता नम्बरलगायतको विवरण पनि उल्लेख गरेको छ ।

टिप्पणीहरू