एकीकृत समाजवादीले मकवानपुरमा अर्को अध्यक्ष तोक्यो

एकीकृत समाजवादीले मकवानपुरमा अर्को अध्यक्ष तोक्यो

एकीकृत समाजवादीले मकवानपुरमा अर्को अध्यक्ष चयन गरेको छ । मेयरको टिकट मनोनयन दर्ता भएलगत्तै यसअघिका अध्यक्ष श्रीधर पोखरेलले हिजो पार्टी छोडेपछि आज उनको ठाउँमा सूर्यचन्द्र न्यौपानेलाई ल्याइएको हो ।

केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई आज बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष चयन गरेकाे छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाको गृहजिल्ला समेत रहेको मकवानपुरमा समाजवादीले कांग्रेस र माओवादीसँग चुनावी तालमेल गरेको छ ।

टिप्पणीहरू