भोट हाल्ने दिन बिदा मागियो

भोट हाल्ने दिन बिदा मागियो

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले मुख्य सचिवमार्फत बिदाका लागि सरकारलाई अनुरोध गरेको हो ।

विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो । यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

यसबारे सरकारले क्याबिनेटबाट निर्णय गर्नेछ ।

टिप्पणीहरू