रौतहटमा निर्वाचन अधिकृत फेरियो

रौतहटमा निर्वाचन अधिकृत फेरियो

निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरेको छ । बैशाख ३० गतेको निर्वाचन सम्पन्न गर्न यसअघि त्यहाँ खटाइएका अधिकृतको ठाउँमा आयोगले आज अर्कैलाई पठाएको हो ।

मौलापुरमा यसअघि सर्वोच्च अदालतका कर्मचारी डल्लुराम चौधरी अधिकृत बनेर गएका थिए । तर, आज उनको ठाउँमा इशनाथ नगरपालिकामा कार्यरत संघीय मामिला मन्त्रालयका कर्मचारी खिलबहादुर भुजेललाई खटाइएको छ ।

जिम्मेवारी छाड्ने र लिनेबीच आज बुझबुझारथ भएसँगै भुजेलले काम थालेको निर्वाचन आयोगले जनाएको छ । अधिकृत हेरफेर गर्नुको कारण भने खुलाइएको छैन ।

टिप्पणीहरू