राजधानीको मुटुमै निर्वाचन बहिष्कारको नारा

राजधानीको मुटुमै निर्वाचन बहिष्कारको नारा

नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार गरौं भन्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

मोहन वैद्य किरण नेतृत्वको उक्त पार्टीले हरेक दिन राजधानीका विभिन्न भागमा उक्त कार्यक्रम गरेको हो ।

सोही क्रममा हिजो बिहान असन चोकमा पार्टीका पोलिटव्युरो सदस्यहरुले निर्वाचन बहिष्कारको नारा लगाएका छन् ।

कार्यक्रममा पोलिटब्युरो सदस्य सीताराम तामाङ,काठमाडौं जिल्ला सेक्रेटरी तथा इञ्चार्ज खगेन्द्र छन्त्याललगायतको सहभागिता थियो ।

टिप्पणीहरू