काँग्रेसको पनि चुनावी गीत सार्वजनिक

काँग्रेसको पनि चुनावी गीत सार्वजनिक

नेपाली काँग्रेसले पनि स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । पार्टी निकट नेपाल सांस्कृतिक संघले उक्त गीत निर्माण गरेको हो ।

सानेपास्थित केन्द्रीय कार्यालयमा हिजो गीत सार्वजनिक गर्न संघका महामन्त्री शिवशंकरप्रसाद रिजाल, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,नेता गुरुराज घिमिरेलगायत उपस्थित भएका थिए ।

त्यसअघि हिजै काँग्रेसको मुख्यालयमा ‘चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति ?’ विषयक विचार गोष्ठी गरिएको थियो ।

टिप्पणीहरू