गुल्मीमा माओवादी जिताउन एमाले उम्मेवारद्वारा नाम फिर्ता

गुल्मीमा माओवादी जिताउन एमाले उम्मेवारद्वारा नाम फिर्ता

गुल्मीको धुर्कोट गाउँपालिकामा माओवादी उम्मेदवारलाई विजयी गराउन नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

एमालेका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएपछि माओवादीबाट अध्यक्ष पदका उम्मेदवार भुपाल पोखरेललाई सहज भएको हो ।

कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताइन्छ । उक्त गाउँपालिकामा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष कुँवर र उपाध्यक्षमा सीता गिरीले उम्मेदवारी हालेका थिए ।

नाम फिर्ता लिएपछि धुर्कोटमा माओवादी केन्द्रका उम्मेदवार पोखरेल र एमालेका उपाध्यक्ष पदका उम्मेदवार गिरी मात्रै रहेका छन् ।

उनीहरुको प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका उम्मेदवारसँग हुने बताइएको छ । त्यहाँ काँग्रेस र एकीकृत समाजवादीबीच तालमेल छ ।

टिप्पणीहरू