श्रीलंकाका राष्ट्रपतिद्वारा दाइ प्रधानमन्त्री हटाउने प्रस्ताव
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ प्रस्ताव अघि सारेका छन् ।
उनले प्रधानमन्त्री रहेका आफ्ना दाइ महिन्दा राजापाक्षेलाई हटाएर भए पनि नयाँ अन्तरिम सरकार गठनको प्रस्ताव गरेका हुन् ।
श्रीलंकामा चरम आर्थिक संकटसँगै दुई महिनादेखि राजनीतिक गतिरोध पनि उत्पन्न भएको छ । सबै मन्त्रीले राजीनामा दिएका छन् ।
मुलुकको केन्द्रीय बैंकका गभर्नरले समेत राजीनामा दिएपछि सर्वसाधारण हिंसात्मक भिडन्तमा उत्रेका छन् ।
टिप्पणीहरू