एमसीसी सम्झौता राजपत्रमा प्रकाशित
नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रतिनिधि सभाको बैठकले व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले गत बिहीबार राजपत्रमा प्रकाशित गरेको हो ।
नेपालको ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने विषयलाई एमसीसीले प्राथमिकता दिएको उल्लेख छ । त्यसैगरी रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम राख्ने पनि उक्त परियोजनाका लक्ष्य हुन् ।
अमेरिकी पक्षले नेपालको आर्थिक विकास र गरिबी निवारण प्रर्वद्धन गर्ने साझा उदेश्यप्रति एमसिसीको प्रतिबद्धता रहेको उल्लेख गर्दै आएको छ ।
एमसिसी परियोजनाअन्तर्गतको सहायता नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानीलाई सबल बनाउन उपलब्ध हुने भनिएको छ । निजी क्षेत्र वा नागरिक समाजसँग परामर्श गरी दिगो आर्थिक समृद्धि हासिल गर्न तथा गरिबी न्यूनीकरण गर्ने अपेक्षासमेत राखिएको छ ।
नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो ।
टिप्पणीहरू