समाजवादीका उपाध्यक्ष र उपसचिव एमालेमै फर्किए

समाजवादीका उपाध्यक्ष र उपसचिव एमालेमै फर्किए

नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् । एकीकृत समाजवादीलाई दक्षिणपन्थीको आरोप लगाउँदै उनीहरु आज एमालेमा फर्किएका हुन् ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उपाध्यक्ष खड्गीको नेतृत्वमा अनेरास्ववियूका जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले समाजवादी छाडेर एमालेको रोजेको बताइएको छ । एमाले रोज्नेमा समाजवादीका सल्यान जिल्ला कमिटी सदस्य छन् ।

एमाले प्रवेश गरेका भनिएकामा इन्ताज मिया, रामकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नरबहादुर विक, मगबुल मियाँ, नारायणी सिंह, मीना सिंह, कमानसिं बुढाथोकी र नरेन्द्र रेउलेसहित हुुन् ।

दैलेखमा लामिछाने मगरसहित जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य रविन्द्रप्रसाद पाण्डेसँगै अखिलका जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका हुन् ।

टिप्पणीहरू