रुखको टोपी लगाएका उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आचार संहिताविपरित प्रचारप्रसार गरेको भन्दै गोरखामा नेपाली काँग्रेसविरुद्ध उजुरी परेको छ । काँग्रेसका उम्मेदवारले गोर्खा नगरपालिका–१० मा आचारसंहिता मिचेर भड्किलो प्रचार गरेको दाबीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मौखिक उजुरी परेको हो ।
मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले काँग्रेसका उम्मेदवारविरुद्ध मौखिक उजुरी आएको बताए । उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस विषयमा सिडिओ सा’बलाई जानकारी गराइसकेका छौँ ।’
सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत काँग्रेसका उम्मेदवारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिन्ह छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयोग गरेको आरोप उजुरीकर्ताले दाबी गरेका छन् ।
टिप्पणीहरू